टिभिएसको नयाँ टिभिएस एनटर्क १ सय २५ रेस एक्सपी नेपालमा
काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १ सय २५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टिभिएस स्मार्टएक्सओनेक्ट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।
यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्टएक्सओनेक्ट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ ।
१ सय २५ सिसि सेग्मेन्टमा १० पीएस भन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ ।
भर्खरै लन्च गरिएको टिभिएस् एनटिओआरक्यू १ सय २५ रेस एक्सपी यस खण्डमा उच्च शक्ति, फर्स्ट–इन–सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्दछ। स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिवद्धता मात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले नेपालमा ग्राहकको आनन्दको हाम्रो दर्शनलाई थप जोड दिनेछ ।
लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यनेजिंग डाईरेक्टर साहिल अग्रवालले भने टिभिएस् एनटिओआरक्यू १ सय २५ रेस एक्सपी नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्छ । पहिला पनि यसको लोकप्रियता देखिसकेका र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच, यो चर्चाको बिषय हुनेछ भन्ने हामीलाई विश्वास छ ।













