फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?



काठमाडौं। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा करोबार भएको छापावाला सुन आज १ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १ सय रुपैयाँले नै बढेर १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा ५ रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा करोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्