सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्