काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उद्योगी–व्यवसायीको कमजोर मनोबल सुधार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्ने बताएका छन्। मंगलबार नाडा अटो शोको उद्घाटनको अवसरमा बोल्दै श्रेष्ठले सरकारले उद्योग सञ्चालन र निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले उद्योगी–व्यवसायीको मनोबल कमजोर हुँदा