काठमाडौँ। बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पक्की तथा चारवटा झोलुङ्गे पुलसहित कुल ६ वटा पुल बगाएको छ। बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्। शर्माका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ