काठमाडौं। बडादसैँ नजिकिँदै जाँदा राजधानी काठमाडौं छाडेर आफ्नो जन्मथलो फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ। अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिसहरू परिवारसँग दसैँ मनाउन घर फर्किन थालेपछि नयाँ बसपार्कमा यात्रुको चहलपहल बढेको हो। नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लातर्फ सञ्चालन हुने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको