अघिल्ला वर्षहरूको तुलनामा लगानीकर्ताको मुनाफामा आकर्षक छलाङ मार्दै कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांशको नयाँ रेकर्ड कायम गरेको छ। काठमाडाैँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि अहिलेसम्मकै आकर्षक लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १८.९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।