काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ९औँ वार्षिक सभा आम्रपाली व्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीले चुक्ता पुँजीको ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।