काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८१\८२ का लागि नगद लाभांश घोषणा गरेको छ। कोषले आफ्ना इकाईधनीहरूलाई करसहित ४.२७ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरणको निर्णय गरेको हो।