Royal Enfield ब्रान्डले दुई नयाँ आकर्षक रङमा सर्वजनिक गर्यो नयाँ बाईक « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

Royal Enfield ब्रान्डले दुई नयाँ आकर्षक रङमा सर्वजनिक गर्यो नयाँ बाईक



Royal Enfield ब्रान्डले आज आफ्नो सबै भन्दा लोकप्रिय मोडल, Classic 350cc को Signals भेरियन्ट अन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु, Airborne Blue र Stormrider Sand, सर्वजनिक गरेको छ । रेट्रो लूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी Dual Channel ABS पनि रखिएको छ । सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस Royal Enfield ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहास लाई निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको हो । आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाईकलले युवा देखी वृद्ध सम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ ।

नेपालका लागी आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रा ली ले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा Classic 350cc Signals बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ । BS IV संस्करण अन्तर्गत रेट्रो लूक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी Dual Channel ABS पनि राखिएको छ र यस्को मुल्य रु ५,९९,९९९ मात्र राखिएको छ । यो मोटरसाइकलAirborne Blue र Stormrider Sand  गरि दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने छ ।

इस्वी सम्वत २००८ देखी बिक्री बितरणमा आएको Royal Enfield Classic 350cc मोडलका मोटरसाईकलहरुले दोस्रो विश्व युद्ध पश्चातको British मोटरसाईकलहरुको स्मरण गराउँछ, जुन सरल तर एक्दमै मज्बुत थिए । Royal Enfield Classic 350cc को Engine, अगाडि र पछाडी को Mudguard, Headlight को अबकष्लन,casing, Fuel Tank, Oval Tool Box, Exhaust Fins, Speedometer Dials, Single Seat Spring Saddle, Tail Light Assembly र Headlight हरु सबैले दोस्रो विश्व युद्ध पस्चातको British मोटरसाईकलहरुको स्मरण गराउँदछ ।


प्रतिक्रिया दिनुहोस्