एरोमा डर्ट बाईक बुकिङ्ग खुला, कति पर्छ मूल्य ? « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

एरोमा डर्ट बाईक बुकिङ्ग खुला, कति पर्छ मूल्य ?



काठमाडौं । आरोग्य मोटर्सले विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी बिक्री वितरण गर्दै आएको छ । पछिल्लो कम्पनीले २ सय सिसि क्षमताको डर्ट बाईक बजारमा उतार्न सफल भएको छ ।

कम्पनीले नेपालको भौगोलिक अवस्था हेर्दा अधिकाँस भुभाग उकालो ओरालो र अप्ठेरो हुनुको साथसाथै सडकको विकासको दृष्टीले हेर्दा पनि पर्याप्त विकास नभैसकेको अवस्थामा डर्ट बाईक अति उपयुक्त रहेको कम्पनीको दावी छ ।

चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा सवारीसाधन आयात गर्दै आइरहेको छ । यो डर्ट बाइक पनि एरोमा नै ब्राण्ड नाम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाइएको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले बताए ।

नेपालका अधिकाँस सडकहरु कच्चि, अर्धकच्चि तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाईकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा यस बाईकको ग्राउण्ड क्लियरेन्स २८० एमएम राखिएको छ । त्यसै गरी त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाईक २ सय सिसि क्षमताको रहेको छ । जसका कारण भैपरि आउने समस्याको चिन्ता नहुने किसिमको बाईक बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

एअर कुल्ड सहित सिंगल सिलिण्डरको ईन्जिन रहेको यो बाईकले ८६०० आरपिएममा १४.८ एचपि पावर सिर्जना गर्छ भने ६५०० आरपिएममा १४.९ एनएम टर्क सिर्जना गर्दछ । नेट तौल ११५ किलोग्राम रहेको यो बाईकले एक लिटर पेटोलमा ४० किलोमिटर भन्दा बढीको माईलेज प्रदान गर्दछ ।

पहिलो चरणमा एरोमा डर्ट बाईकको १ मोडेल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् । हाईडोलिक सस्पेन्सन सहितको आरामदायक यो बाईकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ ।

एरोमा डर्ट बाइकको अहिले परिचयात्मक मुल्यको रुपमा रु. ४ ल ाख ८६ हजार रुपैयाँमा बिक्री खुला गरिएको छ । दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एरोमा डर्ट बाइक खरिद गर्ने हरेक ग्राहकलाई मुस्ताङ्ग यात्राको फेस्टिवल स्किम समेत राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हाल जोडिएका डिलर नेटवर्क र हाम्रा शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रिका लागि व्यवस्था मिलाइएको छ ।

हालसम्म काठमाडौं, भक्तपुर, पोखरा, दाङ्ग, नेपालगञ्ज, गुलरीया, धनगढी, टीकापुर, अत्तरीया र महेन्द्रनगमा हाम्रो डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ । निकट भविष्यमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा हाम्रा डिलरहरु विस्तारको तयारी भइरहेको छ ।

देशका प्रमुख शहरहरुमा डिलर लिन इच्छुक व्यवसायीहरुलाई समेत यसै विज्ञप्ती मार्फत हामिसँग जोडिनका लागि आव्हान गर्दछौं ।

Tags :

प्रतिक्रिया दिनुहोस्