‘नाडा अटो शो’ मा फोर्स लन्च हुदै ‘अरबानीया’ माइक्रो बस: कति पर्छ मूल्य ? यस्ता छन् फिचरहरु « Arthapath.com
२२ भाद्र २०८०, शुक्रबार

‘नाडा अटो शो’ मा फोर्स लन्च हुदै ‘अरबानीया’ माइक्रो बस: कति पर्छ मूल्य ? यस्ता छन् फिचरहरु



काठमाडौं । बहुप्रतिक्षित फोर्स कम्पनीको अरबानीया माइक्रो बस नाडा अटो शोमा अनावरण हुने भएको छ ।

भारतमा अत्याधीक माग रहेको साथै नेपालमा सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिक्षित फोर्स कम्पनिको अरबानीया माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरीने भएको हो ।

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल रहेको छ । उक्त अरबानीया बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ । यसमा कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कम्पनीले जनाएको छ ।

विषेशत पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु ,कुटनीतीक निकायहरु,सरकारी तथा गैर सरकारी संस्थाहरुका लागी यो माइक्रोबस उपयूक्त हुने देखिन्छ । यो माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

अरबानीया सुरक्षाका दृष्टीकोणले सम्पूर्ण रेटिङ्ग हरुमा अब्बल मानियको छ । ड्युल एअर ब्याग यूक्त यस गाडी मा एरोडाइनामीक क््रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन ,स्टाइलीस डि आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए/सी सीस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग ,हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जीङ्ग पोर्टको ब्यबस्था भएको,सेन्ट्रलडोर लकीङ्ग वीथ रिमोट किलेस इन्ट्री , हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, कोल्यापसीबल स्टेरीङ्ग कोलुम आदी जस्ता अत्याधुनीक बिषेशताहरु यस बसमा रहेको छ साथै लेटेस्ट जेनेरेशनको एबिएस तथा इएसपि जस्ता अन्य आधुनिक शुरक्षा प्रणाली समेत जडान भएको छ ।

आकर्षक र सुबिधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछी पुन यात्राका लागी रोजाइमा पर्ने कम्पनीको भनाई रहेको छ । स्लाइडीङ्ग डोर सहितको तिन ढोका यूक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरु रहेको छ ।

सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागी फ्रन्ट बम्पर डिजाइन , कुनै दुर्घटना भैहालेमा पनी हेड इन्जुरी कम होस भन्नका लागी त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरीएको छ । यस गाडीमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ ।

यस बसको सुरुवाती मुल्य ८२ लाख ९९ हजार रुपैया रहेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।


प्रतिक्रिया दिनुहोस्