अब सिजी मोटर्सबाट विद्युतीय सवारी किन्दा कामना सेवा विकास बैंकले सुलभ ब्याजदरमा ऋण दिने « Arthapath.com
२२ भाद्र २०८०, शुक्रबार

अब सिजी मोटर्सबाट विद्युतीय सवारी किन्दा कामना सेवा विकास बैंकले सुलभ ब्याजदरमा ऋण दिने



काठमाडौं । अब सिजी मोटर्सबाट विद्युतीय सवारी खरिद गर्दा कामना सेवा विकास बैंकले कर्जा लगानी गर्ने भएको छ ।

बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको हो । सो प्रयोजनका लागि कामना सेवाले शुक्रबार मोटर्ससंग कर्जा सेवा सम्वन्धी सम्झौता गरेको छ ।

सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र सिजि मोटर्सको तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात सिजि मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्