‘नाडा अटो शो २०२३’को तयारी अन्तिम चरणमा, यसरी सजिँदै छ भृकुटीमण्डप  « Arthapath.com
२५ भाद्र २०८०, सोमबार

‘नाडा अटो शो २०२३’को तयारी अन्तिम चरणमा, यसरी सजिँदै छ भृकुटीमण्डप 



काठमाडौं । भोलि अर्थात् भदौ २६ गतेदेखि ‘नाडा अटो शो २०२३’  सञ्चालन हुँदै छ । तीन वर्षपछि अर्थात् सन् २०१९ पछि पहिलो पटक  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नाडा अटो शो २०२३ गर्न लागेको हो । 

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त शो तयारी अन्तिम चरणमा छन् । उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाउँदै छन् । 

यति बेला भृकुटीमण्डप नाडा अटो शोका लागि सजिँदै छ । विभिन्न ब्रान्डका सवारीको तथा सेवा प्रदायकहरुहरुले स्टल सजावटमा व्यस्त छन् । शोलाई आकर्षक र व्यवस्थित बनाउन स्टल निर्माण तथा सजावटको कार्यलाई तीव्रताका साथ अघि बढाइएको छ । 

प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने नाडाले जनाएको छ । नाडाका अनुसार वित्तीय सेवा, बिक्रीपछिका सेवा आदिका छुट्टा स्टलहरू रहने छन् । 

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे , २२ वटा दुई पाङ्ग्रे , ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ । 

आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक समुचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–पक्ष समेत प्रदर्शनीमा रहने छ ।

६ दिनसम्म चल्ने विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिने छ । 

प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमान्डु मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यूटावरलगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने बताइएको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिडभाड कम गर्न भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था छ । अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहको छ । उक्त शो लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने नाडाको विश्वास छ । 


प्रतिक्रिया दिनुहोस्