अबको एक दशकमा नेपालमै अटो उद्योग संचालन हुन्छ : अध्यक्ष थापा « Arthapath.com
२६ भाद्र २०८०, मंगलवार

अबको एक दशकमा नेपालमै अटो उद्योग संचालन हुन्छ : अध्यक्ष थापा



काठमाडौं । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) काअध्यक्षमा ध्रुव थापा अबको एक दशकमा नेपालमै अटो उद्योग संचालन हुने बताएका छन् । आजदेखि सुरु भएको ‘नाडा अटो शो २०२३’ को उद्धघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पछिल्लो सयम नेपाल इभि गाडी भित्रिने क्रम जारी रहेको र सरकारले समेत प्रोत्साहन गरेको भन्दै अध्यक्ष थापाले खुसी ब्यक्त गरे । तर, सयम मै यसको नियमन गर्नु पर्ने उनको भनाइ थियो ।

राजधानीमा अन्तराष्ट्रिय प्रर्दशनि केन्द्रको आवश्यक रहेको थापाले बताए । “सेयर बजार र अटो क्षेत्र अर्थतन्त्रको पिल्लर हुन । यो पिल्लर ढल्ने अवस्थामा छ । यसमा सरकारले ध्यान दिनु पर्छ” थापाले भने ।

थापाले भने । अटो मोबाइलका बस्तु अब आवश्यकताको बस्तु हुनु पर्ने माग उनले राखे । सरकारले अहिलेसम्म अटो मोबाइललाई विलासितताका बस्तुमा वर्गिाकरण गरेकोछ । “यो क्षेत्रलाई बढी महसुल मात्र नभइ केहि गलत नीति ल्याई ब्यवसायीलाई धरासयी बनाउने काम गरेको छ” उनले भने, “अहिले नेपालीले भारत र चीन बाट सवारी खरिद गर्नु पर्ने अवस्था रहेको कारण लागत उच्च हुने गरेको छ । सो कुरालाई मध्यनजर गर्दै सरकारले यो क्षेत्रलाई आवश्यकताका बस्तुमा वर्गिकरण गरी सोहि अनुरुप नीति ल्याउनु पर्छ” ।


प्रतिक्रिया दिनुहोस्