भोलिदेखि लागू हुनेगरि राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ? « Arthapath.com
३१ भाद्र २०७९, शुक्रबार

भोलिदेखि लागू हुनेगरि राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले भोलि अर्थात असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर प्रकाशित गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
बैंकले असोजदेखि लागु हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरि प्रकाशन गरहेको हो ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशतसम्म निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३ प्रतिशत ब्याद दिने छ । बैंकको आधार दर ७.८६ प्रतिशत रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्