सिभिल बैंकले कति दिने भयो सेयरधनीलाई लाभांश ? « Arthapath.com
५ पुष २०७९, मंगलवार

सिभिल बैंकले कति दिने भयो सेयरधनीलाई लाभांश ?



काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्