गोरखा छेपेटारमा प्रभु बैंकको शाखा « Arthapath.com
१२ भाद्र २०७६, बिहीबार

गोरखा छेपेटारमा प्रभु बैंकको शाखा



काठमाडौं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पु¥याउने क्रममा प्रभु बैंक लि. ले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा विहिबारदेखि बैंकको छेपेटार शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहका विच विहिबार बैंकको गोरखा शाखा कार्यालयको समुद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको छेपेटार शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बतार्ए । बैंकिङ्ग पहुँचभन्दा बाहिर भएका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे । छेपेटार शाखा कार्यालय समुदघाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको छेपेटार शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्