बैंक अफ काठमाण्डूका ग्राहकले पाँच सय फिर्ता पाउने « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

बैंक अफ काठमाण्डूका ग्राहकले पाँच सय फिर्ता पाउने



काठमाडौं । बैंक अफ काठमाण्डूले कार्ड बाहक ग्राहकहरुको बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यो योजना प्रयोगका लागि एक महिना भित्र POS तथा E-Commerce कारोबार गर्दा रु. पाँच सय नगद फिर्ता पाउनने छन ।

जसअन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा POS कारोबार गर्दा रु. २५० नगद फिर्ता र कम्तीमा २ वटा E-Commerce कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउने छन ।

उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार सञ्चालन हुने बैकले जनाएको छ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिका लागि मात्र रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्