माछापुच्छ्रे बैंकका सिईओ कोइरालाको ग्राहाकलाई सुझाव, बैंकमा नआउनुहोस, डिजिटल बैंकिङ प्रयोग गर्नुहोस् « Arthapath.com
१५ चैत्र २०७६, शनिबार

माछापुच्छ्रे बैंकका सिईओ कोइरालाको ग्राहाकलाई सुझाव, बैंकमा नआउनुहोस, डिजिटल बैंकिङ प्रयोग गर्नुहोस्



लकडाउनको चौथो दिन राजधानी लगायत देशनै ठप्प छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९ ले गर्दा नेपालमा पनि सरकारले घर बाहिर ननिस्कन सबैमा आग्रह गरेको छ । त्यस्तै आग्रह गर्छन माछापुच्छ्रे बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला । उनि भन्छन बैंकको काउन्टरमा नआई घरै बसेर पनि बैंकिङ सेवा लिन र आफ्ना आवश्यकता पुरा गर्न उनले आफ्ना ग्राहाकहरुलाई आग्रह गरेका छन ।
माछापुच्छ्रे बैंकले जनताको अत्यआवश्यक बस्तु खरिद गर्न विदाको दिनमा १७ ओटा काउन्टर संचालन गरेको कोइराला बताउँछन । हिजो शुक्रबार अन्य दिनको तुलनामा काउन्टरमा सर्वसाधारणको उपस्थिती बढी भएको कोइरालाले बताए । उनले भने “कतिपय ठाउँमा जिल्ला प्रशासन कार्यालयको आग्रहमा केही समयमात्रै भएपनि काउन्टर संचालनमा ल्याउने गरेका छौं ।”

विहान दुध किन्न बाहेक घरबाट निस्केको छैन
दिनचर्या दिनभरी परिवारसँग समय व्यतित भैरहेको छ । घर बाहिर निष्कीएको छैन । सरकारले समयमै महामारी फैलिन नदिन सचेत भएर लक डाउन गरेको जस्तो लाग्छ । यसलाई सबैले सहयोग गरिदिन म आग्रह गर्छु । आफु र अरुको स्वास्थ्यको ख्याल गरेर घर बाहिर ननिस्कन आग्रह गर्छु । घरमा बसेर परिवार संग खेल्ने, मनोरञ्जनात्मक टिभी सिरियलहरु हेर्ने गरेर समय वितिरहेको छ । परिवारका सदस्यहरुसँग लुडो, क्यारम बोर्डलगायत खेल्ने गरेको छु ।
विहान पसलमा दुध किन्न बाहेक घर बाहिर निष्केको छैन । अत्यआवश्यक बैंक खोल्न अफिस केही समय गैरहेको छु । यस्तो अवस्थामा आफै गाडी चलाएर सुरक्षा अपनाएर गएको छु । रिक्स पटक्कै लिनु हुँदैन, आफ्नो कारणले अरुलाई पनि अस्वस्थ्य बनाउन भएन नि । इन्टरनेट चलाउने सामाजीक सञ्जाल चलाएर दिन काटिरहेको छु । पत्रिका पढ्न पनि डर लागिरहेको थियो । शनिबारदेखी पत्रिका आउनपनि बन्द भएको छ । अनलाईन समाचार टिभी हेरेर बसिन्छ ।

डिजिटल प्रोडक्ट प्रययोग गर्ने बानी पार्ने समय हो
सकेसम्म बैंकका ग्राहाकहरुलाई डिजिटल प्रोडक्ट प्रयोग गर्न सुझाव दिन्छु म । बैंकको काउन्टरमा एकदमै कम आउनुपर्यो । अति आवश्यक बाहेक बैंकमा नधाउन आग्रह गर्छु । एटिम देखि अरु डिजिटल माध्यमबाट आफ्नो दैनिक उपभोग्य बस्तु उपयोग गर्न आग्रह गर्छु । ई बैंकिङ, मोवाइल बैंकिङ प्रयोग गरी बैंकमा नआइ आफ्नो आवश्यकता पुर्ती गर्न म सम्पुर्ण ग्राहाकलाई आग्रह गर्छु । यो समय ग्राहाकहरुलाई क्यासलेस कारोवारबारे जानकारी दिने र बानी पार्ने अवस्था र बेला पनि हो जस्तो लाग्छ ।

सरकारले कोरोना नियन्त्रण अभियान नथाल्दै १६ ट्याङ्की
सरकारी कोषको अवधारणा नआउँदै माछापुच्छ्रे बैंकले राजधानीका ३ जिल्लामा १६ ओटा ट्याङ्की राखेर हात धुने अभियान चलाएका थियौं । यसमा बैंकले राम्रो रकम खर्चेर ५ हजार लिटरका ट्याङ्की राखेर हात धुने अभियानको सुरुवात गरेका हौं । अहिले सरकारले कोरोना रोकथामा तथा नियन्त्रण कोषमा के कसरी सहयोग गर्ने भन्ने बारेमा संचालक समितिको बैंठक बसेर आवश्यक निर्णय लिने छौं ।

विष्णु तारुकेसंग कुराकानीमा आधारित ।

https://artha.appharu.com/interview/2020/02/23/2344/


प्रतिक्रिया दिनुहोस्