सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि किस्पाङमा त्रिपक्षिय सम्झौता « Arthapath.com
२५ फाल्गुन २०७७, मंगलवार

सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि किस्पाङमा त्रिपक्षिय सम्झौता



काठमाडौं । किस्पाङ गाउँपालीका, सानिमा बैंक किस्पाङ शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच फागुन २४ गतेका दिन सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी सौैलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७) बमोजिम किस्पाङ गाउँपालीका क्षेत्रका उद्यमी व्यवसायिको लागि उद्यमशिल कर्जा लगानी गरिएका उद्यमीलाई किस्पाङ गाउँपालीका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको हो । हस्ताक्षर कार्यक्रम गाउँपालीकाको वैठक कक्ष काहुलेमा सम्पन्न भएको थियो । सम्झौतामा गाउँपालीकाको तर्फवाट अध्यक्ष छत्र वहादुर लामा, नुवाकोट उद्योग वाणिज्य संघको तर्फवाट अध्यक्ष तारा वहादुर कार्की र वैंकको तर्फवाट सानिमा वैंकका किस्पाङ शाखाका प्रबन्धक प्रकाश रिमालद्वारा हस्ताक्षर गरिएको छ ।

यो सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्याविधिले तोके बमोजिम रहने वताईएको छ । पूर्णिमा कार्यक्रमवाट नुवाकोट उद्योग वाणिज्य संघमा कार्यरत कार्यक्रम संयोजक घनेन्द्र प्रसाद रिजालले हस्ताक्षर कार्यक्रमको संचालन तथा स्वागत गदै सम्झौताको पृष्ठभुमि तथा पक्षहरुको भुमिका वारेमा प्रकाश पादै सम्झौता अनुसार प्राप्त गर्ने कर्जा, शिमा तथा समयावधिको वारेमा जानकारी गराउँदै यस्तो कर्जा लिने ऋणिले प्राप्त गर्ने व्याज अनुदान वाहेकका सुविधाको वारेमा जानकारी गराउनु भएको छ भने गाउँपालिका अध्यक्ष छत्र बहादुर लामाले अध्यक्षता गर्नुभएको थियो ।

यसैगरी नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा वहादुर कार्कीले आगामि दिनमा किस्पाङ गाउँपालीका क्षेत्रको आर्थिक विकासका लागि संघले निरन्तर सहयोग गर्ने र यस क्षेत्रका उद्यमिको विकासका लागि संघले विशेष व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नुवाकोट उद्योग वाणिज्य संघ नयाँ संरचनामा गए पश्चात व्यवसायिहरुद्वारा शाखा माग भएको विषयमा उहाँले तुरुन्तै नुवाकोटका विदुर वाहेकका स्थानिय तहमा तुरुन्तै शाखाको विस्तार गरिने प्रतिवद्धता व्यक्त गदै सम्झैताका शर्तको पालना गर्नका लागि संघले आवस्यक नितिगत निर्णय तथा अन्य व्यवस्थापन समेत गरीरहेको जानकारी गराउनु भएको थियो ।

संघले सम्झौता कार्यन्वयनका लागि आवस्यक पर्ने दक्ष जनशक्ति पालिका स्तरमा खटाएकोले संघ स्थानिय तहमा प्रवेश गरी आवस्यक सेवा प्रवाहमा तत्पर रहेको जानकारी गराउनु भएको थियो । संघले यसअघि समेत विभिन्न पालिका तथा वैंक विचमा त्रिपक्षिय सम्झौता गरिसकेको कारण कार्यान्वयनका लागि संघले संघको शाखा विस्तार तथा व्यवसाय सहायता कक्षको सेवा प्रभावकारी गराउनका लागि पूर्णिमा कार्यक्रम संग सहकार्य गरी व्यवसाय सहायता कक्ष अधिकृत नियुक्त गरेका कारण जनशक्ति समस्या नरहेको तथा मागमा आधारित सेवा प्रवाहमा संघ निरन्तर रुपमा लाग्ने समेत जानकारी गराउनु भयो ।

सानिमा बैंकको तर्फबाट किस्पाङ शाखा प्रमुख प्रकाश रिमालले वैंकद्वारा कृषि क्षेत्र, महिला उद्यमि तथा दलित समुदाय स्वरोजगार कर्जाको माग वढि भएको र यस शाखा मार्फत यस अघि पनि करिव १५ जना जति उद्यमिको लागि सहुलियत कर्जा प्रवाह भईसकेको जानकारी गराउनु भयो । गाउँपालिका तथा नुवाकोट उद्योग वाणिज्य संघका सहयोगमा यो कर्जा प्रवाह गर्न वैंकलाई थप उत्साह तथा दायित्व वढेको जानकारी गराउनु भयो । यसका लागि बैंकको तर्फवाट गर्ने सवैकिशिमको काममा कमि हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । रिमालले कार्यक्रममा वोल्दै बैंकद्वारा प्रवाह भएको ऋणको उपयोग तथा उद्यमशिलता विकासका लागि गाउँपालिका तथा उद्योग वाणिज्य संघको सहयोगको आवस्यकता औंल्याउदै सहयोगको अपेक्षा समेत गरिएको जानकारी गराउनु भएको छ ।

किस्पाङ गाउँपालीकाका अध्यक्ष छज्ञ बहादुर लामाले गाउँपालीकाको आर्थिक तथा नीजि क्षेत्रको विकासका लागि पालीकाको नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकता दिईएको कारण आजको यो कार्यक्रम गर्न सम्भव भएको वताउनु भयो । किस्पाङ गाउँपालीमा कृषि उद्यम, कृषि पर्यटन तथा पशुपालन व्यवसाय संचालनका हिसावले उच्च सम्भावना भएकोले यस क्षेत्रमा त्यस्तो उद्यम व्यवसाय संचालन गरेमा पालीकाद्वारा गर्नुपर्ने सहयोगका लागि सदैव पालीका तयार रहने र ढुक्क भएर लगानी गर्नका लागि किशान तथा उद्यमिहरुलाई आग्रह समेत गर्नु भयो ।

अहिले भएको सम्झौतामा भएका शर्तको पालनाका लागि गाउँपालीका को तर्फवाट गर्नुपर्ने निर्णय तथा कामका लागि प्रक्रिया शुरु भईसकेको जानकारी समेत गराउनु भयो । उहाँले पालीकाको आर्थिक विकासमा पूर्णिमा कार्यक्रम, नुवाकोट उद्योग वाणिज्य संघ लगायतले गरेको योगदानको समेत प्रसंशा गदै आज भएको सम्झौताका प्राविधिक पक्षमा सयोग गरेकोमा पूर्णिमा कार्यक्रमलाई समेत धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

नुवाकोट जिल्लामा यस अघि यसै किसिमको सम्झौता विदु्र नगरपालीका र नेपाल बैंक लि, तादि गाउँपालीका र कृषि विकास बैंक, किस्पाङगाउँपालिका र एभरेष्ट वैंक र ज्वति विकास वैंक, वेलकोटगढि नगरपालिका र ज्वति तथा सानिमा बैंक, शिवपुरी गाउँपालिका र सानिमा बैंक विचमा समेत सम्झौता भएर व्यवसायिहरुद्वारा सहुलीयतपूर्ण कर्जा प्राप्त गर्न थालिसकेको अवस्था छ । यस्तो ऋण प्राप्त गर्न व्यवसाय दर्ता गरी स्थाई लेखा नम्वर प्राप्त उद्योगि व्यवसायि हुनै पर्छ भने ऋणको प्रकृति हेरी वैंकले अन्य कागजात माग गर्ने गर्दछ । सहुलीयतपूर्ण कर्जाको भुक्तानी अवधि पाँच वर्षको हुने गर्दछ भने मासिक रुपमा आम्दानी गरी कर्जाको किस्ता वुझाउनु पर्ने बैंकहरुले जानकारी गराउने गरेका छन् ।

सहुलियतपूर्ण कार्जाका कारण सम्भावना तथा जाँगर भएर पनि वेरोजगार भएका युवाहरुले अधिकतम फाईदा प्राप्त गर्न सक्ने देखिएको छ । शाहुबाट ऋण लिंदा चर्को व्याज तिर्नुपर्ने र व्यवसायको कमाईले कर्जा चुक्ता गर्न नसकेको कारण धेरै मानिस व्यवसायि वन्न नसकि रहेको अवस्थामा यस्ता किसिमका कर्जाद्वारा सम्भवाना भएका क्षेत्रमा श्रोतको उपयोग तथा स्वरोगारी वढ्दै गएको पाईएको छ । यो कर्जामा नवउद्यमीहरुको आर्कषण समेत भएको पाईएको छ । यस्तो किशिमको कर्जा प्रवाहले स्वरोजगारी वृद्धि हुने तथा ग्रामिण अर्थतन्त्र समेत विकास हुने अवस्था शिर्जना हुने छ ।

कस्ता व्यवसायीले पाउँछन् ,कतिसम्म कर्जा ? व्याज कति पर्छ ?

व्यवसायिक कृषि तथा पशुपंक्षि कर्जा पाँच करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा दश लाख रुपैयाँसम्म, महिला उद्यमशिल कर्जा पन्ध्र लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक कर्जा पाँच लाख रुपैयाँसम्म र भूकम्प पीडितहरुको नीजी आवाश निर्माण कर्जा तीन लाख रुपैयाँसम्म लिन सकिन्छ । यसैगरि व्यावसायिले ३ देखि ४ प्रतिशतसम्म व्याज तिर्नुपर्ने छ भने ५ देखि ६ प्रतिशतसम्म व्याज नेपाल सरकारले तिरिदिने व्यवस्था रहेको छ । हाल नेपालका वाणिज्य वैंकको व्याजदर ८ देखि १० प्रतिशतको विचमा रहेको छ ।

के छन् त सम्झौताका मुख्य शर्तहरु ?

  • नयाँ उद्यमिको लागि सहुलीयतपूर्ण कर्जा वैंकद्वारा प्रवाह गर्ने, गाउँपालीकाले त्यस्तो कर्जाको उपयोगको अनुगमन गर्ने तथा सहयोग सहजीकरण गर्ने ,
  • ऋण लिएको व्यवसायिको वृद्धि विकासको लागि गाउँपालीकाले नितीगत तथा भौतिक सहयोगका कार्य गर्ने
  • ऋण प्राप्त गरेका व्यवसायिको हकमा नुवाकोट उद्योग वाणिज्य संघद्वारा व्यवसायिक क्षमता विकासका तालिम प्रदान, क्षमता अभिबृद्धि लगायत आबश्कता अनुसार प्राविधिक सहयोग गर्ने,
  • ऋण जोखिममा परेमा ऋण चुक्ता गर्नका लागि बैंकलाई गाउँपालीकाद्वारा आवश्यक समन्वय तथा सहयोग गर्ने,
  • ऋण लिने व्यवसायको निरन्तरताका लागि गाउँपालीकाद्वारा साझेदार संस्थाको समन्वय तथा आन्तरिक श्रोतको उपयोग गरी आवस्यक सहयोग गर्ने


प्रतिक्रिया दिनुहोस्