साढे ८ प्रतिशत ब्याजदर दिने माछापुच्छ्रे बैंकको ऋणपत्र बिक्री खुल्ला « Arthapath.com
३१ असार २०७८, बिहीबार

साढे ८ प्रतिशत ब्याजदर दिने माछापुच्छ्रे बैंकको ऋणपत्र बिक्री खुल्ला



काठमाडौ. । माछापुच्छ्रे बैंकको ऋणपत्रमा आजैबाट आवेदन दिन सकिने भएको छ । बैंकले आजदेखि १० वर्ष अवधि भएको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई छुटाएको छ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

ऋणपत्र खरिद गर्न इच्छुकले आजैबाट छिटोमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने छन भने उक्ते अवधिसम्म पनि पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन १७ गतेसम्म थप हुने बैंकले जनाएको छ ।

न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि लगानिकर्ताले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्