बैंक अफ काठमाण्डूको सीईओ पन्तकाे कार्यकाल सकियाे, कामु सीईओकाे जिम्मेवारी मास्केलाई « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

बैंक अफ काठमाण्डूको सीईओ पन्तकाे कार्यकाल सकियाे, कामु सीईओकाे जिम्मेवारी मास्केलाई



काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट शोभनदेव पन्त अवकाश भएका छन् । पन्तकाे बैंक अफ काठमाण्डूको सीईओ पदमा ४ बर्से कार्यकाल सकिएकाे छ । उनको कार्यकाल भदौ ४ गते सकिदै छ । उनी सोमबारदेखि बिदामा बसेका हुन् ।

त्यस्तै बैंक सञ्चालक समितिले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा डेपुटी सीईओ रहेका श्रवणलाल मास्केलाई दिएको छ। मास्केकाे कार्यकाल भदाै ४ गतेबाट लागुहुने छ ।

बैंक अफ काठमाण्ठू आउनुअघि पन्त लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । पन्तलेनै डुब्न लागेको लुम्बिनी बैंकलाई बलियो बनाएर बैंक अफ काठमाण्ठूसँग मर्ज गराएर बाहिरिएका थिए । पन्त बैंकिङ क्षेत्रमा पुराना र ३५ बर्षभन्दा बढीको अनुभव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्