नविल बैंककाे महाप्रवन्धकमा मनाेज ज्ञवाली नियुक्त « Arthapath.com
१ कार्तिक २०७८, सोमबार

नविल बैंककाे महाप्रवन्धकमा मनाेज ज्ञवाली नियुक्त



काठमाडाैँ । निजि क्षेत्रकाे पहिलाे नविल बैंककाे महाप्रवन्धकमा मनाेज कुमार ज्ञवाली चयन भएका छन् । बैंककाे आन्तरिक प्रतिस्प्रर्धामा ज्ञवाली महाप्रवन्धकमा बढुवा भएका हुन् ।

साेमबार बैंकले ज्ञवालीलाई जिएमकाे जिम्मेवारी दिएकाे हाे । उनलाई बैंकका सीईओ अनिल शाहले केेक खुवाएर बधाई दिएका छन् । नेपाल राष्ट्र बैंक हुँदै ग्लाेवल आईएमई बैंकमा लामाे समय विताएका ज्ञवाली १५ महिनाअघि नविल बैंककाे डिजिएममा नियुक्त भएका थिए ।

नविल जानुअघि उनि २०७५ बैसाखमा ज्याेति विकास बैंककाे सीईओमा नियुक्त भएका थिए । ज्याेति विकास बैंकमा कार्यकाल पुरा नगरी राजिनामा दिएका थिए । चाटर्ड एकाउन्टेन रहेका ज्ञवाली हक्की श्वभावका बैंकर हुन् ।

नविल बैंकमा डेपुटी सीईओमा शुजित शाक्य र विनय कुमार रेग्मी रहेका छन् । मनाेज ज्ञवाली जिएम नियुक्त हुनुभएकाे बैंकका पिआर तथा ब्राण्डिङ प्रमुख कृष्ण सुवेदीले बताए ।


प्रतिक्रिया दिनुहोस्