नेपाल राष्ट्र बैंक जारी गर्याे वित्तीय साक्षरता मार्गदर्शन « Arthapath.com
३ माघ २०७८, सोमबार

नेपाल राष्ट्र बैंक जारी गर्याे वित्तीय साक्षरता मार्गदर्शन



काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मागदर्शन २०७८ जारी गरेको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको लागि वित्तीय साक्षरता मार्गदर्शन, २०७८ जारी गरेको हो ।

‘इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका लागि राष्ट्र बैंकबाट वित्तीय साक्षरता ढाँचा जारी भएको सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले संलग्न बमोजिमको “वित्तीय साक्षरता मार्गदर्शन, २०७८” जारी गरिएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले “बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्वन्धी मार्गदर्शन २०७८” जारी गरिएको हुँदा सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त मस्यौदा उपर के कस्ता परिमार्जन गर्न बाञ्छनीय देखिन्छ, सो सम्बन्धमा ३५ दिनभित्रमा राय तथा सुझाव दिन आग्रह छ । राष्ट्र बैंकमा लिखित रुपमा अथवा इमेल पठाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्