माछापुच्छ्रे बैंकको निक्षेप संकलन १ खर्ब २७ अर्ब ४९ करोड रुपैयाँ, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
७ माघ २०७८, शुक्रबार

माछापुच्छ्रे बैंकको निक्षेप संकलन १ खर्ब २७ अर्ब ४९ करोड रुपैयाँ, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा २५.९२ प्रतिशत बढेर १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ८० करोड २७ लाख ७४ हजार रुपैया खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १३.०९ प्रतिशत बढेर २ अर्ब २४ करोड ८७ लाख ५५ हजार रुपैयाा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ९८ करोड ८४ लाख ३१ हजार रुपैयाा खुद ब्याज आम्दानी गरेको थियो ।

पौष मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २५.६३ प्रतिशत बढेर १ अर्ब ४५ करोड १२ लाख ६० हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख २ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष १६.३४ प्रतिशत बढेर २ अर्ब ८६ करोड ४४ लाख १५ हजार रुपैयाँ, निक्षेप १६.२९ प्रतिशत बढेर १ खर्ब २७ अर्ब ४९ करोड ५६ लाख २४ हजार रुपैयाँ र कर्जा २७ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब ९९ करोड ७ लाख २६ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६ पैसाले बढेर १९ रुपैयाँ ७१ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६५ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ५० पैसा छ ।


प्रतिक्रिया दिनुहोस्