बैंक अफ काठमाण्डूको साढे १ प्रतिशत बढ्यो नाफा « Arthapath.com
७ माघ २०७८, शुक्रबार

बैंक अफ काठमाण्डूको साढे १ प्रतिशत बढ्यो नाफा



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक अफ काठमान्डूले ७१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको भन्दा १.५२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ७० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज ९.२९ प्रतिशत बढेर १ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा ९.२१ प्रतिशत घटेर ९३ करोडमा झरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो । पौष मसान्तसम्म बैंकको वितरण योग्य नाफा ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ र जगेडा कोष ५ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप १ खर्ब ३ अर्ब रुपैयाँ र कर्जा १ खर्ब ३ अर्ब ५८ करोड रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा घटेर ०.८२ प्रतिशतमा सिमित भएको छ । बैंकको कस्ट अफ फन्ड ६.४५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्