मितेरी डेभलपमेन्ट बैंकको नाफासँगै प्रतिशेयर आम्दानी घट्यो « Arthapath.com
११ माघ २०७८, मंगलवार

मितेरी डेभलपमेन्ट बैंकको नाफासँगै प्रतिशेयर आम्दानी घट्यो



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २.४५ प्रतिशत घटेर ६ करोड ८० लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ करोड ९९ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३८ प्रतिशत बढेर १४ करोड ७७ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १२ करोड ३७ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा बैंकको खुद फि तथा कमिशन आम्दानी १४.७१ प्रतिशत घटेर १ करोड ४१ लाख २३ हजार रुपैयाँ, सञ्चालन मुनाफा २.५६ प्रतिशत घटेर ९ करोड ७१ लाख ९९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा २ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १३.३ण् प्रतिशत बढेर ९० करोड ३४ लाख २८ हजार रुपैयाँ, जगेडा कोष १३.२९ प्रतिशत घटेर ३१ करोड ५४ लाख ९७ हजार रुपैयाँ, निक्षेप ४.५७ प्रतिशत बढेर ५ अर्ब ६९ करोड ५६ लाख ९३ हजार रुपैयाँ र कर्जा ७.८४ प्रतिशत बढेर ४ अर्ब ८४ करोड १७ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४५ पैसा घटेर १५ रुपैयाँ ६ पैसामा सिमित भएको छ , गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५१ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.४४ गुणा रहेको छ ।

बैंकको खराब कर्जा १.३१ प्रतिशत, कस्ट अफ फण्ड ७.७ प्रतिशत, क्रेडिट एण्ड डिपोजिट रेसियो ८९.२५ प्रतिशत, बेस रेट ९.७४ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रिड ४.९९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्