नेप्सेमा १४ वाणिज्य बैंकको २० करोड कित्ता बोनस सूचीकृत, सबैभन्दा धेरै प्राइम र कम सनराइज बैंक, कुनको कति कित्ता ? « Arthapath.com
१६ फाल्गुन २०७८, सोमबार

नेप्सेमा १४ वाणिज्य बैंकको २० करोड कित्ता बोनस सूचीकृत, सबैभन्दा धेरै प्राइम र कम सनराइज बैंक, कुनको कति कित्ता ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न वाणिज्य बैंकहरुको बोनस शेयर सूचीकृत भएको छ । हालसम्म १४ वटा वाणिज्य बैंकहरुको गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । विभिन्न १४ वटा वाणिज्य बैंकहरुको २० करोड ७ लाख २५ हजार ८५२.१७३५ कित्ता बोनस शेयर नेप्सेमो सूचीकृत भएको हो । जसमा सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने सबैभन्दा कम सनराइज बैंकको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

१. माछापुच्छ्रे बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस शेयर बापतको १ करोड २० लाख ४० हजार ६१० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२ कुमारी बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ८३ लाख २७ हजार ८४.९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

३. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत बोनस शेयर बापत २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४. बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

५. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस शेयर बापतको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता शेयर सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

६. नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस शेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस शेयर बापतको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस शेयर वापतको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. प्रभु बैंकको १२ प्रतिशत बोनस शेयर वापतको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आव २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१२. कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी कूल २१.०५६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१३. सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१४. प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकल गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्त पूक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्