साकोस शिखर गोष्ठी सुरु « Arthapath.com
२९ जेष्ठ २०७९, आईतवार

साकोस शिखर गोष्ठी सुरु



काठमाडौं । आजबाट चौथो साकोस शिखर गोष्ठी काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ७ सय बचत ऋण सहकारीकर्मीहरुको उपस्थिति रहेको छ ।

गोष्ठीमा दुई वटा सामुहिक र आठ वटा ब्रेकआउट गरी १० वटा सत्रमा सञ्चालन हुनेछन् । ‘दीगो एवं एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि’ मुल भाव र संकल्पका साथ आयोजित शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गरेका हुन ।

कार्यक्रममा पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, समस्याग्रस्त सहकारीका अध्यक्ष काशिराज दाहाल लगायतको उपस्थिति थियो ।

चौथो शिखर गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । कोभिड चुनौतीपछि सहकारीमा प्रविधिको आवश्यकता बढेकोले गोष्ठीका सबै कार्यपत्रहरुमा प्रविधिलाई बिशेष प्राथमिकता दिइएको नेफ्स्कूनले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्