सहकारी अपचलन प्रकरण : छुटेलगत्तै फेरि प्रकाउ परे लीलाबहादुर गुरुङ « Arthapath.com
५ बैशाख २०८१, बुधबार

सहकारी अपचलन प्रकरण : छुटेलगत्तै फेरि प्रकाउ परे लीलाबहादुर गुरुङ



काठमाडौं । हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो ।

उनीविरुद्ध कल्याण उपकार सहकारी ठगी प्रकरणमा उजुरी रहेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष समेत रहेका गुरुङसहित कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक समिति सदस्य नवीन अछामीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

तर पक्राउ परेकाहरूले ठगीको रकम फिर्ता गरेपछि सीआईबीले मुद्दा नचलाउने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पठाएको थियो । सरकारी वकील कार्यालयले पनि रकम फिर्ता भइसकेकाले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू छुटेका थिए ।


प्रतिक्रिया दिनुहोस्