एनबी बैंकबाट स्वेच्क्षिक अवकाश रोज्ने न्यून, नविल बैंकलाई एनबीका सिनियर कर्मचारी घाँडो बन्दै « Arthapath.com
२१ असार २०७९, मंगलवार

एनबी बैंकबाट स्वेच्क्षिक अवकाश रोज्ने न्यून, नविल बैंकलाई एनबीका सिनियर कर्मचारी घाँडो बन्दै



काठमाडौं । नेपाल बैगलादेश बैंक नविल बैंकमा गाभिएर आगामी असार २७ गते सोमबारदेखी एकिकृत कारोबारको भव्य तयारी भैरहेको छ । एनबी बैंकका पुर्व सीईओ ज्ञानेन्द्रप्रसाद ढुङ्गाना नविल बैंकको सीईओको वागडोर सम्हालीसकेका छन् । जसमा टप म्यानेजमेन्ट लेवलका ३ जनाले एप्लाइ गरेको बैंक स्रोतले जनाएको छ ।

नविल बैंकले आफ्नो स्टाडर्ड मेन्टेन गर्न गाह्रो पर्ने भन्दै धेरै भन्दा धेरै कर्मचारी हटाउन चाहन्थ्यो । तर अहिले ठिक उल्टो भएको छ । अहिलेसम्म टम म्यानेजमेन्ट कमिटीमा रहेका शुरेन्द्रभुषण श्रेष्ठ, सलोनिका सिंह र सुरेष देवकोटाले मात्रै अन्तिम अवस्थामा भिआरएसमा अप्लाइ गरेका छन् ।

बैंकले भिआरएस अप्लाई गर्ने अवधी सोमबार सम्मलाई दिएको थियो । यो अवधी भन्दा पछि पनि व्याक डेट राखेर ३ जनाले स्वेच्क्षिक अवकाश रोजेका छन् । एनबी बैंकमा हाल एक्टीङ सीईओसहित ८ जना सिनियर म्यानेजमेन्ट टिम रहेको छ । जसमा यही जेठ अन्तिममा आफ्नो कन्ट्याक अवधी सकिएका रघुकृष्ण श्रेष्ठ पुन नविल बैंक ज्वाइन गर्ने संकेत देखिएको छ ।

ज्ञानेन्द्र ढुङ्गाना एनबीबाट नविल लान चाहेका कामु सीईओ भुपेन्द्र पाण्डे, डिजिएमद्वय रघुकृष्ण श्रेष्ठ र सलोनिका सिंहमात्रै थियो । ढुङ्गानाको चाहना अनुसार श्रेष्ठ बाहिरिँदा सिंह पनि बाहिरिने निर्णय गरिन । अन्य सबैजसो कर्मचारीले नविल बैंक जाने चाहना देखाएको देखिन्छ ।

मर्जरमा भएको एमओयू अनुसार हाल एनबी बैंकमा कर्मचारीको एक तह घटुवा गरेर लिनेछ । एजिएमत्रय सुरेश देवकोटा, नवराज खनियाँ, राजेन्द्रप्रसाद अधिकारीले स्वेक्षिक अवकाश लिन चाहेनन् ।

उसोत मर्जरपछि सीईओ लिन वास्तविक डिडिएलाई नै लुकाएर चौधरीलाई फाइदाहुनेगरी स्पाप मिलाएको अरोप ढुङ्गानामाथी लागेको छ ।


प्रतिक्रिया दिनुहोस्