शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन “डिजि शाइ” सुरु « Arthapath.com
२४ असार २०७९, शुक्रबार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन “डिजि शाइ” सुरु



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई एकल विन्डो मार्फत विभिन्न प्रकारका नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने अनलाइन वेब पोर्टल डिजि शाइन सुरु गरेको छ ।

डिजी शाइन वेब पोर्टल https://webservices.srdb.com.np/ मार्फत ग्राहकहरूले अनलाइन खाता खोल्न र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट, र मेरो शेयर जस्ता सेवाहरूका लागि आवेदन दिन सक्नेछन् । ग्राहकहरूले मोबाइल र अनलाइन बैंकिङ, माई सेयर, सीआरएन नम्बर रजिष्ट्रेसन र जानकारी, क्यूआर कोड रजिष्ट्रेसन र पासवर्ड रिसेट, र डेबिट कार्ड दर्ता जस्ता निःशुल्क सेवाहरूको लागि पनि एउटै वेब पोर्टलबाट दर्ता गर्न सक्छन् । यस प्रकारको सेवाले आफ्ना ग्राहकहरुका लागि थप मूल्य अभिवृद्धि गर्नुका साथै डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिनेमा विकास बैंक आशावादी छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकले हाल भिसा नेटवर्कमा जडित कुनै पनि बैंक वा वित्तीय संस्थामा डेबिट कार्ड प्रयोग गरी निःशुल्क नगद झिक्ने सुविधा उपलब्ध गराउँदै आएको छ ।

बुटवल, रुपन्देही जिल्लामा मुख्यालय रहेको शाइन रेसुङ्गा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएका सबै निर्देशन र अन्य प्रचलित कानुन र नियमहरूको पालना गर्दै शहरी तथा ग्रामीण दुवै ग्राहकका लागि सहज वित्तीय पहुँचलाई प्राथमिकतामा राखेको छ । बैंकले हाल ५ प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र १५ वटा एटिएम सञ्जाल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने छिट्टै विभिन्न स्थानमा थप २ वटा एटिएम टर्मिनल खोल्ने प्रक्रियामा छ ।


प्रतिक्रिया दिनुहोस्