संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउँदा सिभिल लघुवित्तको खुद नाफा १३ प्रतिशतले वृद्धि « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउँदा सिभिल लघुवित्तको खुद नाफा १३ प्रतिशतले वृद्धि



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार देखिएको हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद नाफा १३.३९ प्रतिशतले बढेर ७ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ । यस अवधिमा कम्पनी खुद ब्याज आम्दानी ३७.३१ प्रतिशतले बढेर २३ करोड ९६ लाख ८० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा भने लघुवित्तको उक्त खुद ब्याज आम्दानी १७ करोड ४५ लाखन ५६ हजार रुपैयाँ रहेको थियो ।

साथै, संचालक नाफा १८.०६ प्रतिशतले बढेर १० करोड ८४ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । असार मसान्तसम्मको अवधि लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशतले बढेर २८ करोड ८१ लाख २४ हजार रुपैयाँ, जगेडा कोष ९.२५ प्रतिशतले बढेर १३ करोड ८ लाख ७३ हजार रुपैयाँ, निक्षेप संकलन ५७.६९ प्रतिशतले बढेर ९७ करोड ७८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ४८ पैसाले घटेर २५ रुपैयाँ ५६ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ८९ पैसा छ । यसको खराब कर्जा १.७५% बाट घटेर १.४७% पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्