ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस नतिजा « Arthapath.com
११ श्रावण २०७९, बुधबार

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस नतिजा



काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाई बाँडफाँट भएको छ । बुधवार विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा इकाई बाँडफाँट गरेको हो ।

उक्त इकाईमा ६० हजार ७१९ जना आवेदकहरूबाट ८ करोड ४५ लाख ८९ हजार ७६० इकाई खरीदको लागि आवेदन प्राप्त भएको थियो । आवेदकहरूमध्ये रीत नपुगेका ५६ जनाको आवेदन रद्द गरिएको थियो भने ६० हजार ६६३ जनाले भने माग गरे बमोजिम इकाई प्राप्त गरेका छन् ।
क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुन लागेको यस योजनाको इकाई असार २२ गतेदेखि साउन ४ गतेसम्म विक्री गरिएको थियो । यो योजना सञ्चालनका लागि क्यापिटलले प्रतिइकाई १० रूपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्री गरेको हो । क्यापिटलले १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि इकाई विक्री गरेको हो ।

उक्त बाँडफाँट गरेको फण्डको नजिता यी चार तरिकाबाट हेर्ने सकिन्छ

सिडिएसको वेबसाइट: https://iporesult.cdsc.com.np/  

ग्लोबल आइएमई क्यापिटलको बेवसाइट: https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check 
ग्लोबल आइएमइ बैंकको बेवसाइट: https://globalimebank.com/
मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्