सिद्धार्थ क्यापिटलका दुई योजनाको भदौं ६ गते बुक क्लोज गर्ने « Arthapath.com
२९ श्रावण २०७९, आईतवार

सिद्धार्थ क्यापिटलका दुई योजनाको भदौं ६ गते बुक क्लोज गर्ने



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडका दुई योजनाले नगद लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेको छ ।

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले भदौ ७ गते इकाईधनी दर्ता पुस्तिका भदौं ६ गते बन्द गर्ने भएको हो। अब यी दुई योजनाको इकाई भदौ ६ गतेसम्म खरीद गर्ने इकाईधनीले नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ इक्विटी फण्डले इकाईधनीलाई आव २०७८र०७९ सम्मको सञ्चित मुनाफाबाट ९ प्रतिशत नगद लाभांश (करसहित) तथा सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले १० प्रतिशत नगद लाभांश (करसहित) इकाईधनीलाई वितरण गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्