सनराइज बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, बोर्डमा दियो आवेदन ? « Arthapath.com
८ भाद्र २०७९, बुधबार

सनराइज बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, बोर्डमा दियो आवेदन ?



काठमाडौं । सनराइज बैंकले ऋणपत्र निष्कासन अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको कुल २० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति माग गरेको हो ।

निष्कासन हुने ऋणपत्रमध्ये १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी ८ लाख कित्ता ऋणपत्र खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । ऋणपत्रको अवधि १० वर्षको रहेको छ , जसबापत बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तानी गर्नेछ।

बैंकले ऋणपत्र निष्कासन तथा बिक्रीको प्रबन्धक एनआइसी एसिया क्यापीटललाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्