वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घट्यो, कर्जा प्रवाह बढ्दा सीडी रेसियो कति ? « Arthapath.com
८ भाद्र २०७९, बुधबार

वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घट्यो, कर्जा प्रवाह बढ्दा सीडी रेसियो कति ?



काठमाडौं । आर्थिक वर्षको सुरु भइसँगै लगातार घटि रहेको वाणिज्य बैंकहरुको निक्षेपले भदौ महिनामा समेत निरन्तर दिएको छ । भदौ महिनाको सुरुवाती ३ दिनमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँले निक्षेप घटेको हो । गत साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा उक्त निक्षेप घटेर भदौ ३ गतेसम्म आइपुग्दा ४४ खर्ब २६ अर्ब रुपैयाँमा सिमित भएको संघले प्रकाशित गरेको तथ्याङमा उल्लेख गरिएको छ ।

त्यस्तै, भदौं ३ गतेसम्म आइपुग्दा बैंकहरुको कर्जा प्रवाह भने बढेको छ । साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा उक्त कर्जा प्रवाह १ अर्ब रुपैयाँले बढेर भदौ ३ गतेसम्म आइपुग्दा ४१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको हो ।

सो अवधिमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि बढेर ८८.४७ प्रतिशत रहेको छ । गत साउन मसान्तसम्म सीडी रेसियो ८८.०७ प्रतिशत थियो। 


प्रतिक्रिया दिनुहोस्