उन्नती सहकार्य लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ? « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

उन्नती सहकार्य लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?



काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको ४ हजार ९६० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका ल्याए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –भदौ १० गते) ले ३५ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालय सिद्धार्थनगर नगरपालिका १२, रुपन्देहीमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्