लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता « Arthapath.com
१० असार २०८३, बुधबार

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता



काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेडर नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।

मिति २०७९, आश्विन ०२ गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फ बाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेको लेनवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पु¥याइरहेको उर्जा डेभलपर्ससँग सहकार्र्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए ।
उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले इक्विटी लगानीका लागि लक्ष्मी क्यापिटललाई आभार व्यक्तगदै लक्ष्मी क्यापिटल संगको यस सम्झौताले उर्जाडेभलपर्सको पोर्टफोलियोर कम्पनी अन्तर्गत रहेकाअन्य परियोजनाहरूको लागिकोसेढुङ्गा सावितहुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्