कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा « Arthapath.com
२७ आश्विन २०७९, बिहीबार

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक शेयर असोज २७ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर २० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्