बैंकमा रहेको जनताको साढे ५१ खर्ब पैसामा सिमित व्यक्तिको ढलीमली, १८ लाख मात्रै ऋण खाता ! « Arthapath.com
१७ कार्तिक २०७९, बिहीबार

बैंकमा रहेको जनताको साढे ५१ खर्ब पैसामा सिमित व्यक्तिको ढलीमली, १८ लाख मात्रै ऋण खाता !



काठमाडौं । नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा भएको जनाको साढे ५१ खर्ब पैसामा सिमित व्यक्तिहरुले हालीमुहाली गरेको देखिएको छ, जुन बैंकहरुमा भएको कर्जा खाताको संख्याले पुष्टी गरेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुमा १८ लाख ३४ हजार ९३५ मात्रै कर्जा खाता छ । जवकी नेपालको जनसंख्या नै झण्डै ३ करोड नजिक छ । त्योअनुसार बैंकहरुमा निक्षेप बापत भएको जनताको ५१ खर्ब ५१ अर्ब पैसामा पहुँचवाला तथा सिमित व्यक्तिहरुले मात्रै हालीमुहाली रहेको स्पष्ट हुने सरोकारवालाहरु बताउछन् ।

उता बैंकहरुमा बचत खाताको संख्या भने जनसंख्या भन्दा पनि बढी पुगेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुमा ४ करोड ६२ लाख भन्दा बढी बचत खाता खोलिएका छन । कर्जा खाताको संख्या व्यापाक मात्रामा बढ्न नसक्नु दुःखत पक्ष भएको सरोकारवालाहरुको भनाइ छ । यो तथ्यांकले वित्तिय समावेशीको सवालमा ठुलो प्रश्न चिन्ह खडा गरेको उनीहरु बताउछन् ।

आम नागरिकहरुले व्यवसाय गर्ने, वैदेशिक रोजगारीमा जाने, अध्ययन गर्ने लगायतका प्रयोजनका लागि महंगो व्याजमा व्यक्तिहरुबाट ऋण लिइरहेका छन् । नेपालका तराई क्षेत्रका नागरिकहरु मिटर व्याजमा समेत ऋण लिएर छोरा छोरी पढाउने, विदेश जाने, घरखर्च चलाउने काम गरिरहेका छन् । साथै, उनीहरुले त्यस्तो ऋण तिरेको इतिहास पनि छ । तर, अन्यको तुलनामा सस्तो व्याजदरमा पाइने बैंकको कर्जामा भने आम सर्वसाधारणको पहुँच भने नपुगेको जानकारहरु बताउछन् ।

आम सर्वसाधारणले मिटर व्याजको समेत ऋण चुक्ता गर्न सक्छन् भने बैंकबाट लिएको कर्जा सहजै तिर्न सक्छन् । तर, बैंकहरुले सर्वसाधारणलाई ऋण दिन नखोज्नु राम्रो नभएको उनीहरुको भनाइ छ ।

पहिलादेखि नै पैसावाला, धनाढ्य र पहुँचवाला व्यक्तिहरु नै बैंक कर्जाको पहुँचमा भएको उनीहरुको तर्क छ । आम सर्वसाधारणलाई बैंकबाट कर्जा लिन निकै सास्ती हुने उनीहरु बताउछन् । त्यो अवस्थामा अब आम सर्वसाधारणले समेत सहज रुपमा बैंकको कर्जा पाउने गरि नीति ल्याउनु पर्ने उनीहरुको भनाइ छ ।

नेपालमा अझै पनि धितोमा आधारीत कर्जा प्रवाह गरिन्छ । तर, आम सर्वसाधारणसँग धितोमा राख्ने सम्पत्ति पर्याप्त मात्रामा छैन । शैक्षिक प्रमाणपत्र धितो राख्ने नीति ल्याएपनि बैंकहरुलाई त्यसलाई कार्यान्वयन गर्न त्यति जागरुक छैनन् । यी यस्ता कारण पनि सर्वसाधारणलाई बैंकबाट कर्जा लिन गाह्रो भएको छ ।

विदेशी मुलुकहरुमा बिना धितो सर्वसाधारणलाई कर्जा दिइन्छ । विदेशमा आम सर्वसाधारणले पानी, बिजुली, इन्टरनेट घर भाडा लगायतका शुल्क तिरेको तथ्यांकको आधारमा क्रेडिट स्कोर गरि कर्जा प्रवाह गरिन्छ । तर, नेपालमा त्यस्तो व्यवस्था लागू गर्न नसक्नु दुःखद पक्षको विज्ञहरु बताउछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्