सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित आज अन्तिम मौका « Arthapath.com
३ पुष २०७९, आईतवार

सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित आज अन्तिम मौका



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज (पुष ३ गते) अन्तिम दिन रहेको छ । बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले पुस १४ गते साधारण सभा बोलाउने निर्णय गरेको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले गत आवको मुनाफाबाट हालको चुक्ता पुँजी ४।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट पनि स्वीकृत भएको बैंकले जनाएको छ। अब प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस्