लाभांश पारितका लागि सिद्धार्थ बैंकको साधारण सभा पुष २८ गते, बुक क्लोज कहिले ? « Arthapath.com
६ पुष २०७९, बुधबार

लाभांश पारितका लागि सिद्धार्थ बैंकको साधारण सभा पुष २८ गते, बुक क्लोज कहिले ?



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि हुनेछ । यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने समेत सभाको कार्य सूची रहेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुष १३ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १२ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्