बयान सकिएपछि हाजिरी जमानीमा छुटे कामना सेवा विकासका सीईओ बस्नेतसहित चार जना « Arthapath.com
२० माघ २०७९, शुक्रबार

बयान सकिएपछि हाजिरी जमानीमा छुटे कामना सेवा विकासका सीईओ बस्नेतसहित चार जना



काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित ४ जनालाई प्रहरीले छोडेको छ ।

प्रहरीले सीईओ बस्नेत, चन्द्रबहादुर थापा, हरेन्द्र दाहल र विरेन्द्र सिंहलाई हाजिरी जमानीमा छोडेको जनाएको छ ।उनीहरुको बयान सकिएपछि छोडिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार आवश्यक खण्डमा जुनसुकै समयमा पनि उपस्थित हुनुपर्ने भन्दै छोडिएको हो ।

इलाका प्रहरी कार्यालय दकमले सीईओ बस्नेत र ऋणीलाई समेत पक्राउ गरेको थियो । बैंकमा ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई दमक प्रहरी कार्यालयले सबैजनालाई नियन्त्रणमा लिएर बयान लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्