प्रतिकित्ता ४७५ रुपैयाँमा नबिल बैंकको ३ लाख कित्ता सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

प्रतिकित्ता ४७५ रुपैयाँमा नबिल बैंकको ३ लाख कित्ता सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । नबिल बैंकले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बैंकले संस्थापक सेयरधनी/कम्पनीको नाममा रहेको सो संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकको संस्थापक सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरको बिक्री मूल्य भने प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । सो सेयर खरिदका लागि फागुन २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकका सूचना अनुसार तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने छ ।

गोप्य शिलबन्दी फागुन २८ गते विहान ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने सूचनामा उल्लेख छ । बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्