कुमारी बैंकको सेयर किन्ने होइन त ? आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
११ फाल्गुन २०७९, बिहीबार

कुमारी बैंकको सेयर किन्ने होइन त ? आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरमा आवेदन दिने आज (फागुन ११ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापकसँगै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३८ तोकिएको हुदाँ आवेदन दिदाँ सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यो शेयरको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्