यस्तो छ सिन्धु विकास बैंकको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
२४ फाल्गुन २०७९, बुधबार

यस्तो छ सिन्धु विकास बैंकको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १३औं बार्षिक साधारण सभा सारथी, धुलिखेल, काभ्रेमा सम्पन्न भएको छ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को बार्षिक प्रतिवेदन लगाएत बिभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक सेयरधनिको तर्फबाट आगामी ४ बर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल तथा कर्मचारी संचयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेश कुमार केसी निर्विरोध निर्वाचित भएका छन ।

सोही दिन सम्पन्न संचालक समितिको बैठकद्धारा बैंकका अध्यक्ष पदमा आगामी ४ बर्षका लागी राजेन्द्र कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको समेत बैंकले जनाएको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्