मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई यी २ ठाउँमा विशेष छुट « Arthapath.com
५ चैत्र २०७९, आईतवार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई यी २ ठाउँमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुले २ स्थानमा छुट पाउने भएका छन् । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” सँग विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” मा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट र “सुर्यविनायक मेडिकल स्टोर” विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्