वित्तीय साक्षरतासहित हिमालयन बैंकले मनायो ‘ग्लोबल मनि वीक’ « Arthapath.com
१९ चैत्र २०७९, आईतवार

वित्तीय साक्षरतासहित हिमालयन बैंकले मनायो ‘ग्लोबल मनि वीक’



काठमाडौं । हिमालयन बैंक लिमिटेडले चैत्र ६ गते देखि १२ सम्म ग्लोबल मनि वीक देशको सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।

सो वित्तीय साक्षरता कार्यक्रम बैंककको प्रादेशिक कार्यालय र ती प्रदेश भित्रका बैंकका २४ वटा शाखा कार्यालयहरुले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरेको हो । बैंकको यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु, अविभावकहरु, शिक्षकहरु, सामाजिक कार्यकर्ताहरु, व्यवसायीहरु, बैंकका ग्राहकवर्गहरु लगायत सो स्थानका बासिन्दाहरुलाई बंैकिङ्ग बारे ज्ञान वद्र्धक विषयहरुमा छलफल गर्दै सम्पन्न गरिएको थियो ।

सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैंक के हो, बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरु, बंैकिङ्ग बारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका, बंैकले प्रवाह गर्ने विभिन्न कर्जा लगायत सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानूनीरुपमा गरिने रेमिट्यान्सको प्रक्रिया, कानून विपरितको हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्